
काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच जिल्ला टुक्र्याएर सिमांकन गरे मान्य हुने जनाएको छ ।
मोर्चाले सहमतिकालागि जिल्ला टुक्र्याउने विकल्पमा आन्तरिक छलफल थालेको छ । जिल्ला टुक्र्याउन एमाओवादी पनि सहमत रहेको बताइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले विवादित तराईका पाँच जिल्लालाई टुक्र्याएर समाधान निस्कने भन्दै सरकार र विपक्षीसँग लचिलो प्रस्ताव लिएर जाने तयारी गरेको छ ।






