रहेनन् मित्तल

Banbarilal-Mittalकाठमाडौं- श्री एयरलाइन्सका अध्यक्ष बनवारीलाल मित्तलको बुधबार बिहान निधन भएको छ । ज्ञानेश्वर निवासी ७९ वर्षीय मित्तलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

तीन महिनादेखि अस्वस्थ मित्तललाई भारतको मेदान्त अस्पतालमा उपचार गराएर सोमबार नेपाल ल्याइएको थियो । नेपालकै ठूलो हेलिकप्टर कम्पनी श्रीएयरलाइन्स उनले १६ वर्षअघिदेखि सञ्चालन गरेका थिए ।

नेपाल चेम्बरअफ कमर्समा दुई पटक अध्यक्षमा निर्वाचितभएका मित्तल नेपाल निर्माण व्यवसायी संघ (हालको नेपाल निर्माण व्यवसायी महासंघ) का संस्थापक अध्यक्ष पनि हुन् ।