रेखा थापा मोरङ-३ बाट चुनाव लड्दै

काठमाण्डौ । अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छन् ।

आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभाको चुनावमा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले माेरङ-३ बाट उम्मेदवारका लागि सिफारिस गरेको हाे ।

‘जिल्लाबाट सिफारिस भएको छ,’ केही दिनमा केन्द्रले निर्णय गर्नेछ,’ थापाले भनिन् । मोरङ रेखा थापाको गृहजिल्ला समेत हो ।

उनी अहिले मोरङमा भएको राप्रपाको चुनावी कार्यक्रममा व्यस्त छिन् । उनी राप्रपाकी केन्द्रीय सदस्य हुन् ।