लन्डन।हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (मंगलबार) मनाउँदैछन् ।तीजलाई नेपाली हिन्दु नारीहरुको महान् पर्वको रुपमा मानिदै आएको छ ।
यसैबीच तीज पर्वका अवसरमा लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले गर्दै आएको तीज विशेष कार्यक्रम आज अगस्ट ३० तारिख मंगलबार तीजकै दिन पारेर प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा पूजाआजा र नाचगानसहित कार्यक्रम गरिने भएको हो।
दिउँसो २ बजे देखि बेलुका करिब ९ बजेसम्म चल्ने कार्यक्रमको शुरुमा व्रतालु महिलाहरुले सामूहिक तीज विशेष पूजा गर्ने मन्दिरका मूल पन्डित निलहरि घिमिरेले लन्डन नेपाल न्युज लाई बताए।
मन्दिर समितिका अध्यक्ष दासुराम पाण्डेले तीज विशेष कार्यक्रममा स्थानीय मात्र नभइ लन्डनका अन्य क्षेत्र र आसपासबाट कार्यक्रममा उपस्थित हुन् सबैमा अध्यक्ष पाण्डेले अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा विशेष अतिथी राजदूत पत्नी सुनिता आचार्य तीज कार्यक्रममा सहभागी हुने अध्यक्ष पाण्डेले बताए।
पूजा आजा कार्यक्रमपछि दिनभर नाचगानको कार्यक्रम रहनेछ। डिजे हेम विष्टले तीजका विभिन्न भाकाहरु बजाएर महिलाहरुलाई दिनभर नचाउनेछन्।
कार्यक्रममा सहभागिताका लागि ५ पाउन्ड प्रवेश शुल्क लाग्नेछ । व्रतालु महिलाहरुका लागि पानी, फलफूल र चियाकफी सम्मको व्यवस्था भने मन्दिरले मिलाउनेछ।लन्डन नेपाल न्युजले कार्यक्रमको लाईभ प्रसारण गर्ने छ।






