संविधान बोकेर सरकार गाउँ जाने

CA-Sambidhanकाठमाडौं- संविधानप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा सय दिनभन्दा बढी समयदेखि आन्दोलन चलिरहेका बेला सरकारले भने ‘जनताको संविधान जनताको माझमा’ भन्दै अभियान चलाउने भएको छ ।

संविधानप्रति भ्रम फैलाएको ठहर गर्दै सरकारले जनतालाई संविधानका बारेमा बुझाउने भन्दै एक महिना लामो अभियान चलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अभियान मंसिर २१ गतेबाट पुस २१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।

तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतले सरकारी निर्णयको विरोध गरेका छन् । सरकारले मधेस आन्दोलनको अवमूल्यन गरेको मोर्चाआवद्ध दलका नेताले प्रतिक्रिया दिएका छन् ।