कांग्रेस–एमालेको कार्यलयमा पेट्रोल बम हानियो

petrol bombबारा- आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्ताहरुले बाराको सदरमुकाम कलैयामा बुधबार लाठी जुलुस प्रदर्शन गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला कार्यालयमा पेट्रोल बम प्रहार गरी तोडफोड गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गर्नेक्रममा उक्त कार्यालयहरुमा पेट्रोल बम प्रहार गरेका हुन् ।

स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोड्दै मोर्चाका कार्यकर्ताहरुले सरकारको विरोधमा चर्को नाराबाजी गर्दै अगाडि बढेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै तीन सेल अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।

उक्त घटनाहरुमा भएको क्षतिको विवरण भने प्राप्त भएको छैन ।