अर्थमन्त्रीको नाममा हुन्डी कारोवारीको असुली ?

काठमाडौं– देशको अर्थतन्त्र सुधार्ने ठाँउमा पुगेका अर्थमन्त्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न भन्दा आफ्नै व्यक्तिगत स्वार्थमा लिप्त भएर लागेको भन्दै पार्टीभित्र उनको आलोचना शुरु भएको छ । मन्त्री महरामाथि पदको दुरुपयोग गर्दै अपारदर्शी ढंगले आर्थिक गतिविधि अगाडि बढाएको आरोप छ । विवादास्पद व्यक्तिलाई अगाडि सारेर मन्त्री महरा संदिग्द गतिविधिमा सामेल भएपछि पेरिसडाँडामा यसको चर्चा हुन थालेको छ । स्रोतका अनुसार, अर्थमन्त्री महराले काठमाडौं मूलपानीका विवादास्पद हुन्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर आर्थिक संकलनलाई भूमिगत शैलीमा तीव्रता दिएका छन् । यसका लागि अनामनगरमा कार्यलयसमेत खोलिएको छ ।

मन्त्री विक्रम पाण्डेले झापाको गिरीबन्धु टी स्टेटको एक सय ५५ विघा जग्गाको हदबन्दी फुकुवा गरी करोडौं रुपैयाँ कमिशन कुल्लाउने योजनलाई अन्तिम रुप दिन थालेको उल्लेख छ ।
सोही पत्रिकाले संचारमन्त्री विरुद्ध सर्वोच्चमा मुद्धा परेको, कृषिमन्त्री गौरीशंकर चौधरीले धनका लागि सरुवामा चासो दिएको समाचार पनि प्रकाशित गरेको छ । यसबाहेक पत्रिकाले त्रिवि रिजिष्ट्रारकै प्रमाणपत्र शंकास्पद रहेको, अध्यागमनमा महानिर्देशकको सेटिङ रहेको, राष्ट्र वैंकमा एकपछि अर्को गाइजात्रा देखिएको छ ।