धादिङ- बन्द अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले आइतबार बिहान कालु पाँडे राजमार्ग (मलेखु–धादिङबेँसी खण्ड) मा पर्ने नलाङ गाविस–६ स्थित सिक्रे खोला नजिक एक ट्रकमा आगजनी गरेका छन् ।
चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नंको ट्रकमा तीन जनाको समूहमा आएका उनीहरुले पेट्रोल छर्की आगजनी गरेको र पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो ।






