किन लण्डन आउँदैछन् परराष्ट्रमन्त्री ?

Kamal-Thapa-RPPलन्डन- नेपाल-बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सयौं वर्षगाँठ समारोहमा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा लन्डन आउने भएका छन् ।

भ्रमण क्रममा मन्त्री थापाले नेपाल र बेलायतबीच केही समययता उत्पन्न असमझदारीलगायत विषयमा छलफल गर्ने बताइएको छ ।

नेपाल र बेलायतबीच दक्षिण एसियामै पहिलो पटक १६ डिसेम्बर १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यस हिसाबले पनि समारोहमा परराष्ट्र मन्त्रीको उपस्थिति आवश्यक देखिएको एक अधिकारीले बताए ।

जननिर्वाचित संविधानसभाबाट नयाँ संविधान घोषणा, तराई-मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीका सन्दर्भमा बेलायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुम जोडेकामा नेपालले औपचारिक रूपमा आपत्ति जनाइसकेको छ ।

त्यसमा आफ्नो कमजोरी स्वीकार गर्दै बेलायती विदेश राज्यमन्त्री हयुगो स्वायरले लामो टेलिफोन संवाद गरेपछि थापाको भ्रमण तय गरिएको हो ।