अपडेट: भूलवस आएको भनेपछि एसएसबीलाई छाडियो

Indian Sashatra Seema Bal (SSB) soldiers stand guard on The Mechi River Bridge at Indo-Nepal border at Pantanki some 46 kms from Siliguri on 6 June 2009. India has said it wants to help its neighbour to set up a stable government, but many in Nepal believe its true aim is to prevent Maoist leader Pushpa Kamal Dahal -- an outspoken critic of India -- from becoming prime minister.

काठमाडौं– हतियारसहित नेपाल छिरेका १३ जना सीमा सुरक्षा बल (एसएसबी) लाई ७ घण्टापछि छाडिएको छ ।

सशस्त्र प्रहरी बल केचनाको टोलीले आइतबार बिहान हतियारसहित नेपाल छिरेका १३ जना एसएसबीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले भूलवस प्रवेश गरेको भनेपछि छाडिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले जानकारी दिए ।

भारतीय काउन्टर पार्टसँगको लामो छलफलपछि उनीहरुलाई छाडिएको उनले जनाए । उनीहरुलाई एसएसबीका कमान्डर डिबी नागीलाई जिम्मा लगाएर पठाएको निरौलाले जनाए ।