लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला इन्डोनेशियाका धनाढ्य श्रीप्रकाश लोहियाले नेपालको पुन:निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
महाभूकम्पले ठूलो धनजनको क्षति गरेको छ । पूरा देश पीडामा छ |हजारौं जिवित आत्माहरु भग्न पर्खालभित्र जिवनको भिख माग्दै छट्पटिन बाध्य छन् । लाखौं मानिस खुल्ला आकासमुनि संत्रस्त जीवन बाँच्न बाध्य भएका छन् । निर्दयी महाभूकम्पले शुन्दरतम् शहर र तरेली परेका सुन्दर गाउँवस्तीहरु क्षणभरमा खण्डहर बनाइदिएको छ । यो पीडाले नेपालको मातृभूमि आज रोइरहेको छ । आउनुहोस् हातमा हात मिलाऔं, काँधमा काँध मिलाऔं, चहराइरहेको घाउमा मलहम लगाऔं, शोकाकुल मातृभूमिको दिव्यमुहार पुनः सजाऔं भन्दै भूकम्प पीडित कुनै गाउँमा तत्काल २०० घरको निर्माण गर्न उनको लोहिया फोउन्डेसन तयार रहेको बारेमा लन्डनस्थित नेपाली दूतावास कार्यवाहक तेज बहादुर छेत्री लगायतका पदाधिकारीहरुलाई बिशेष निमन्त्रणा दिई उनले सो जानकारी दिएका हुन्।
श्रीप्रकाश लोहियाको यस कदमलाई स्वागत गर्दै नेपालका सम्बन्धित निकायसँग सल्लाह गरेर पुन:निर्माणमा लोहिया फोउन्डेसनलाई यथाशिघ्र आवद्ध गराउने नेपालका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले जनाए।बिगत ८ बर्ष देखी लोहियाका सहयोगी गुल्मीका श्रीङगाका पोमलाल कर्नेल (बाबुराम कँडेल)बाट भेटघाटको पहल भएको हो |
नेपालमा आएको बिनासकारी भूकम्पका कारण यतिबेला विश्व नै स्तब्ध भएको छ । विश्वभरका नागरिक र सरकारले नेपाललाई आ-आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।धेरै टेलिभिजनले सहयोग रकम संलकन अभियान चलाइरहेका छन् भने कतिपय अनलाइनमा नेपालमा भौतिक निर्माणका लागि ठूलो धनराशी खर्च गर्न आ-आफ्ना सरकारसमक्ष अपील गर्न थालिएको छ ।नेपालमा गएको भूकंपले धेरै नेपाल र नेपाली को आँखा बाट आंशु झरेको छ भन्दै नेपालको हालको बस्तुस्थिति बारे भेटघाटमा गुल्मी जिल्ला समाज यूके का अध्यक्ष अर्जुन गौतमले श्रीप्रकाश लोहियालाई जानकारी गराएका थिए।
भेटघाट कार्यक्रममा गिउसेप्पे मज्जोलिनी जस्ता इटालियन चित्रकारका अत्यन्त दुर्लभ तेलिया चित्रहरुले सजिएको बैठकमा एन.आर.एन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कूल आचार्य को पनी उपस्थिति थियो |कार्यक्रमको संयोजन ब्यवसायी कमल भण्डारीले गरेका थिए।
मोबाईल मार्फत कमल भण्डारीले देखाएका नेपालका भुकम्पका तस्विरहरु र नेपाली जनताले चिसो जमिनमा रात बिताइरहेको ,खाना त के पानी सम्म पनि पीउन नपाएको भिडियोहरु हेरेर लोहिया धेरै भावुक बनेका थिए।
लोहियाका पिताले नेपालको बिराटनगरमा शुरूवात गरेको अशोक टेक्स्टाइलबाट नै लोहिया परिवार आज संसारका सर्वाधिक धनीहरुको सूचीमा रहेका छन| त्यसैले पनि उनमा नेपालप्रती विशेष सद्भाव रहेको र हाल नेपाल महासंकटमा परेको बेला आफुले सहयोग गर्न इच्छुक भएको जनाएका थिए |भारतमा जन्मिएका ६२ वर्षे लोहियाका २४ राष्ट्रमा ब्यापार ब्यवसाय छन्। उनको इन्डोनेशियाका कारखानाहरुमा मात्र १ हजार नेपालीले काम गर्छन्। हाल उनीसँग ४.४ बिलियन डलरको सम्पत्ति रहेको फोर्ब्स पत्रिकाले जनाएको छ।








![11174900_672982852848378_7725131225390833306_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11174900_672982852848378_7725131225390833306_n1.jpg)
![11203123_672982859515044_8232051469687095075_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11203123_672982859515044_8232051469687095075_n11.jpg)