एन आर एन का अध्यक्ष शेष घलेलाई हस्तक्षेप ,राहत सामाग्रीमा पनि सरकार द्वारा प्रतिबन्ध!( भिडियो)

sesh ghale

विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघमार्फत नेपालका दुर्गम क्षेत्रका भूकम्प पिडीतहरुमध्ये पहिलो चरणमा करिव १० हजार परिवारलाई आधारभूत र प्रारम्भिक राहतप्रदानगर्ने लक्ष्यलिई १० करोड रुपैया“ संकलन गर्ने योजना बनाएको थियो र जम्मा भएको रकम भूकम्पले अत्यन्तै प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा राहत वितरण गर्न जाँदा सरकारले गर्यो .एन आर एन का अध्यक्ष शेष घलेलाई हस्तक्षेप |
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्प पिडीत राहत समितिको वैठकले राहत रकम र जिल्लानिर्धारण गरेको थियो । भूकम्पबाट सवैभन्दा ठूलो क्षतिब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल७ वटा जिल्लाहरुकाभूकम्प पिडीतलाई प्राथमिकतामा राखी राहत प्रदान गर्ने तयारी भई रहेको बेला प्रधानमंत्री सुशील कोइरालाले हस्तक्षेप गर्नुका साथै हङकङबाट आउनु पर्ने, ३० टन राहत सामाग्रीमा पनि सरकार द्वारा प्रतिबन्ध!

कांतिपुर टीवी सग कुरा गर्ने क्रममा शेष घले भन्नु हुन्छ …म उत्तर कोरियामा छु कि, नेपालमा घलेले यसरी पोख्नु भयो, सरकार प्रति आक्रोश |
देश महाभूकम्पले ठूलो धनजनको क्षति गरेको छ । पूरा देश पीडामा छ |हजारौं जिवित आत्माहरु भग्न पर्खालभित्र जिवनको भिख माग्दै छट्पटिन बाध्य छन् । लाखौं मानिस खुल्ला आकासमुनि संत्रस्त जीवन बाँच्न बाध्य भएका छन् । निर्दयी महाभूकम्पले शुन्दरतम् शहर र तरेली परेका सुन्दर गाउँवस्तीहरु क्षणभरमा खण्डहर बनाइदिएको छ । यो पीडाले नेपालको मातृभूमि आज रोइरहेको छ । हामी सबै मिलेर गरौ भन्ने मेरो भावना हो |हामीले बिदेश मा बसेर १ -१ डलर जोडेर संकलन गरेको रुपैया का साथमा राहत सामग्री महासंकट मा पर्नुभएको नेपाली जनतालाई बितरण गर्न नपाउँदा उहाको मन दुखेको बयक्त गरेका छन |नेपालमा आएको बिनासकारी भूकम्पका कारण यतिबेला विश्व नै स्तब्ध भएको छ । विश्वभरका नागरिक र सरकारले नेपाललाई आ-आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् ।धेरै टेलिभिजनले सहयोग रकम संलकन अभियान चलाइरहेका छन् भने कतिपय अनलाइनमा नेपालमा भौतिक निर्माणका लागि ठूलो धनराशी खर्च गर्न आ-आफ्ना सरकारसमक्ष अपील गर्न थालिएको छ ।नेपालमा गएको भूकंपले धेरै नेपाल र नेपाली को आँखा बाट आंशु झरेको छ यती बेला हामी सबै को सहयोग को खाँचो छ|सरकारले नै गर्ने हो भने भूकंम्प गएको आज ७ औ दिन सम्म पनि किन पुग्न सकेन|सिन्धुपाल्चोक मात्र होइन अन्य अरु दुर्घम ठाउँमा अहिले सम्म कुनै राहत सामग्री पुग्न सकेको छैन भन्दै सरकार माथि आक्रोश पोखेका छन |मैले मात्र गर्न खोजेको होइन ,हामी सबै मिलेर गरौ नेपाली जनताले चिसो जमिनमा रात बिताइरहेको ,खाना त के पानी सम्म पनि पीउन नपाएको अवस्थामा हामिले भुकम्प पिडितहरुलाई सहयोग गर्छु भन्दा सरकारले सहयोग गर्न दिएन। हामी नेपालमा छौं कि नर्थ कोरियामा ? अध्यक्ष्य शेष घले ले प्रश्न गरे?