बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्माको निधन

लण्डन ।बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्मा अधिकारीको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा मंगलबार बेलायतमा निधन भएको हो। शर्माका पारिवारिक सदस्य समेत रहेका लण्डन दुतावासका पूर्व कर्मचारी अनिल अधिकारीका अनुसार बिहान श्रीमतीसंगै मर्निंग वाकमा गएर घर फर्किएका शर्मा ब्रेकफास्ट खाएर घरमै बसिरहेका बेला अचानक बेहोस भएका थिए ।

त्यसको केहि समयमै एम्बुलेन्स आइपुग्दा उनको निधन भइसकेको थियो । शर्माको शब अहिले लण्डनको टुटिंगस्थित सेन्ट जर्ज अस्पतालमा राखिएको छ । शर्मा श्रीमतीसंगै लण्डनको पट्नीमा बस्दै आएका थिए ।उनलाई ह्दयघात भएको आशंका गरिएपनि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।उनका दुई छोरा अमेरिकामा छन् । उनीहरु आएपछि अन्त्येष्टीबारे निधो गरिनेछ ।

शर्मा सन् २००७ नोभेम्बर देखि २००९, अप्रिलसम्म लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *