माल्टामा नेपालीले खोले अहिले सम्मकै ‘बिशाल’ सुपर मार्केट

लन्डन । माल्टामा नेपालीको लगानीमा अहिले सम्मकै ‘बिशाल’ सुपर मार्केट गोल्डेन एभरेष्ट पहिलो नेपाली सुपरमार्केटको उद्घाटन भएको छ। गोल्डेन एभरेस्ट ग्रुपले सञ्चालनमा ल्याएको माल्टाको पहिलो नेपाली फुड स्टोर हो ।एभरेष्टले नै लन्च गरेको गोल्डेन बियरको समेत उद्घाटन भएको हो।

गोल्डेन स्टोर मिनी मार्केट स्थानीय सरकार ,नगरप्रमुख र बेलायतका लागि नेपालका राजदूत तथा माल्टाका लागि गैरआवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीले रिबन काटेर औपचारिक उद्घाटन गरे ।सुपरमार्केटको उद्घाटन कार्यक्रममा द्वितिय सचिव लव सुबेदी समेतको उपस्थिति रहेको थियो।

गोल्डेन स्टोर मिनी मार्केट जनवरी १५ तारिख बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त फुट स्टोरमा गैरआवासीय नेपाली संघहरुको लगानी रहेको मिनी मार्केट सञ्चालक समेत रहेका एनआरएनए सल्लाहकार सोम सापकोटाले बताए ।

सञ्चालक सापकोटाका अनुसार उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड, स्थानीय मेयर, काउन्सिलर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

बिशेष गरी सुपरमार्केटमा नेपाली, चाइनिज, कोरियन,इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्रि गर्ने उद्देश्यले सो सुपर मार्केट स्थापना गरिएको संचालक मध्येका एक सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *