प्रचन्डले राहत र पुनःस्थापनाको कार्यमा गम्भीर हुन सरकार सँग आग्रह:

sushil-koirala-prachanda-super-final-final4

लन्डन|

भूकम्प प्रभावितको राहत र पुनर्स्थापनामा गम्भीर नभएको भन्दै एकीकृत नेकपा माओवादीले सरकारको आलोचना गरेको छ ।
भूकम्प गएको दुई हप्ता बितिसक्दा पनि भूकम्प प्रभावितले पाल तथा खानका लागि खाद्यान्न नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

बाबुआमा गुमाएका बालबालिका र छोराछोरी गुमाएका वृद्धवृद्धाको अवस्था निकै कहालीलाग्दो रहेको भन्दै सरकारले आश्रयस्थलको व्यवस्था गर्नुपर्ने भन्दै भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि सबैलाई एकताबद्ध गरी अधिकार सम्पन्न संरचना बनाइनुपर्ने बताउनुभयो ।

उहाँले फजुल खर्च कटौती गरेर तथा विकास निर्माणका कामको बजेट रकमान्तर गरेर भुकम्प प्रभावितलाई उनीहरुले अनुभुत गर्ने गरी राहत दिइनुपर्ने बताउनुभयो । पालले वर्षायाम नधान्ने भन्दै घरबारबिहिन भूकम्प प्रभावितलाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।