भूकम्प पीडितलाई रोनाल्डोको सात करोड

 

ronaldo

लन्डन|

नेपालका भूकम्प पीडितलाई विश्व फुटबलका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सात करोड को राहत प्रदान गरेका छन्।

रोनाल्डोले भूकम्प पीडितका परिवार र विस्थापित भएका बालबालिकाको लागि सेभ द चिल्ड्रेनमार्फत सो रकम खर्चिने भएका हुन्।

भूकम्पबाट पीडित बालबालिकाको सहयोगका लागि पाँच लाख पाउन्ड अर्थात सात करोड ९० लाख रुपैयाँ सेभ द चिल्ड्रेनलार्इ हस्तान्तरण गरिसकेको समाचार एजेन्सीले जनाएका छन्। नेपालमा भूकम्प गएलगत्तै रोनाल्डोले भूकम्प पीडित बालबालिकालार्इ सहयोग गर्न आफ्नो फेसबुक पेजमार्फत आह्वान गरेका थिए।