सम्धिनीलाई सांसद बनाएका ठाकुरले सम्धीलाई बनाए महामन्त्री

काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाउनुभएको छ ।

यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाइसक्नुभएको छ ।

ठाकुरले शुक्रबार पूर्वमन्त्री समेत रहेका सम्धी झालाई महामन्त्री बनाउनुभएको हो ।

ठाकुरकी एक मात्र छोरी डा. मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो ।