अमेरिकामा नेपाली महिला बैज्ञानिक महर्जन पुरस्कृत

sushila-maharjan-5-800x560वासिंगटन डिसी- काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा सुशीला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमका बीच दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएको छिन् ।

विश्वका पाँच महिलाहरुमध्ये नेपालबाट मनोनित महर्जनलाई वासिंगटन डिसीमा बार्षिक सम्मेलनमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिबद्धताको साथै बिकशित मुलकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभावको कारण पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार गर्ने संस्थाले समर्पित महिला बैज्ञानिकहरुले श्रोतको अभाव ,उपकरणको कमि ,काम गर्ने अवस्था नाजुक भएता पनि उल्लेख्य काम गरे वापत उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत अनुसन्धानकर्ता बैज्ञानिक महिलालाई सम्मान स्वरुप पाँच हजार डलर प्रदान गरिएको छ ।