बेल्जियम- बेल्जियमकी मोडल तथा अभिनेत्री आना क्लान्डाडेजले मुख्य भूमिकामा खेलेको नेपाली फिल्म नमस्ते नेपालको एक गीत रिलिज भएको छ ।
सार्वजनिक उक्त गीतमा यूरोपका रमाईला दृश्यसँगै हिरोइन आनाको सुन्दरताले गीतलाई आकर्षक बनाएको देखिन्छ । तर लोकेशन अनुसार क्यामेरा र कोरियोग्राफीको पार्टमा भने निर्माण यूनिट धेरै ठाउँमा चुक्न पुगेको हाम्रो समीक्षा छ ।
गीतकार दामोदर गौतमका शब्दहरुले नेपाली र नेपालीको पहिचान लाई परम्परागत शैलीमा चिनाउँने कोशिस गरेका छन् । तर शब्द अनुसार संगीतको फ्लेवर पुरानै खालको लागे पनि यो गीतको अडियो पावरफूल बनाउन सफल भएका छन् संगीतकार ओम सुनारले ।
गीत गाउने गायिका शितल मोक्तान हुन् भने गायक राजेश पायल राई हुन् ।
पूराना नृत्य निर्देशक राजु शाह निर्देशित नमस्ते नेपाल यूरोपका विभिन्न मुलुकमा छायाँकन भएको फिल्म हो जहाँ हिरो सविन श्रेष्ठले मेल प्रोटागोनिष्टको भूमिका निर्वाह गरेका छन् ।






