बन्द भएको बिराटनगर क्याम्प अफिसको सबै काम अब दूतावासले नै गर्ने

भारत सरकारले बिराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द भएपछि यसले गर्दै आएको काम कारवाहीका लागि काठमाडौंस्थित भारतीय दूतावासमा सम्पर्क राख्नुपर्ने जानकारी दिएको छ ।

भारतीय दूतावासले एक पत्र जारी गर्दै बिराटनगर क्याम्प अफिसले गर्दै आएको गाडीको परमिट, भारतीय नागरिकको प्रमाणपत्र दर्ता गर्ने, कागजातहरुको प्रमाणिकरण, जन्म र मृत्यु दर्ता लगायतका कार्यहरुका लागि साउन १६ गतेदेखि काठमाडौंस्थित भारतीय दूतावासमा सम्पर्क राख्नुपर्ने जानकारी दिएको छ ।

जुन उद्देश्य लिएर अफिस खोलिएको थियो त्यो पूरा भएको भन्दै भारत सरकारले अब यसलाई बन्द गरेको छ ।