काठमाडौं– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले खैनी खाएर संसदभित्र थुकेको भनिएको प्रकरणमा २४ घण्टापछि प्रष्टिकरण दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफूले संसदमा खैनी खाएको नभई दालचिनी खाएको बताएका छन् ।
खैनी खाएर संसदमै थुकेको भनि समाचार भाइरल भइरहेको बेला केसीले सुर्ती नै खाएर थुकेको नभएपनि अाफूबाट गल्ती भएको स्वीकार गर्दै बाध्यतालाई नबुझी आएको समाचारप्रति हाँसो उठेको बताए ।
आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाको दाबी गर्दै केसीले संसदमा देखिएको दृश्य स्वभाबिक भएको भएको र गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने समेत बताए । उनले स्वास्थ्य ठीक नभएरनै दालचिनी खाएको दाबी गरे ।
उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन।’
यसैबीच मन्त्री केसीका स्वकीय सचिव निरञ्जन थापाले पनि केसीलाई केहि दिनदेखि स्वास्थ्यमा समस्या रहेको बताए ।
यसैबीच केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन् ।
संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको समेत केसीले आरोप लगाए ।






