जोगिने भयो राजवंशीको सांसद पद

Most senior member of the Parliament, Laxman Rajbanshi, chairs the Parliament meeting, after both Speaker and Deputy Speaker resigned, on Wednesday, October 14, 2015. Photo: RSS

काठमाडौं– नेपाल राष्ट्रिय पार्टीका एकमात्र सांसद लक्षण राजवंशीले पार्टीले कारवाही गर्नुभन्दा अगावै सुटुक्क आफ्नो अलग्गै पार्टी दर्ता गराउनुभएको रहस्योद्घाटन भएको छ ।

पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको नेकपा एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्कासन गरेपछि सांसद राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गर्नुभएको हो ।

‘पार्टीको केन्द्रिय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने भन्ने विषयमा छलफल चलिरहेको थियो । यसक्रममा सभासद् राजवंशी स्वयंले अलग्गै पार्टी दर्ता गराउनुभएको थाहा पाएं ।’ नेपाल राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भन्नुभयो ।

राजवंशीले पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराउनुभएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ ।