साहित्य महासङ्घले बोल्यो दार्जिलिङ्ग राज्यको पक्षमा

विश्वास दीप,

गत २८ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको नियमित बैठकले नेपाली भाषी भारतीय नागरिकहरुको भारत अन्तर्गतको छुटटै राज्यको आन्दोलनमा ऐक्यबद्धता जारी गरेको छ ।

पहाडकी रानीको रुपमा विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र दार्जिलिङ्लाई उपेक्षा र पीडाको कारण छुट्टै दार्जिलिङ्ग राज्य वा गोर्खाल्याड राज्य हुन वान्छानीय भएको जनाएको छ ।

सन १९०७ मा पहिलो पटक माग गरिएको छुटटै राज्यको आन्दोलन सन् १९८६ मा लगभग १२ सय आन्दोलनकारीहरु मारिएका थिए भने यस बर्ष जुलाई ५ बाट चर्किएको आन्दोलनमा ९ जनाले शहादत प्राप्त गरिसकेका छन् र आन्दोलनकोक्रममा मानव अधिकारको समेत गम्भिर हनन भएको जनाएको छ ।

नेपाली साहित्यको महासङ्घ हुनुको नाताले नेपाली भाषीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

IMG_2462