काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी

काठमाडौं ।

भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि  लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो। तर, यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले मात्र गर्न सक्ने छ।

उपत्यकामा दिनहु एक सय भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् । भने आज मात्रै २०५ जना नया संक्रमित फेला परेका थिए । त्यसैले प्रशासन निषेधाज्ञाको निर्णयमा पुगेको हो । यस अघि काठमाण्डौका केही क्षेत्रहरु सिल भएका थिए ।  हाल देशका करिब ३० जिल्लामा आशिंक र पुर्ण गरी निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।