काठमाडौं– चर्चित भारतीय अभिनेता सुनील शेट्टी नेपाल आएका छन् । उनी अनौपचारिक भ्रमणको क्रममा नेपाल आएका हुन् ।
भ्रमणको क्रममा उनी शुक्रबार राजधानीको चर्चित स्थल चन्द्रागिरी समेत पुगेका छन् । भ्रमणमा क्रममा उनले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका थिए ।
चन्द्रागिरिमा उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
शेट्टीले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
चर्चित भारतीय अभिनेता सुनील शेट्टी नेपालमा, चन्द्रागिरीडाँडामा देखिए






