काठमाडौं- गृहमन्त्री जर्नादन शर्माले नेपाल प्रहरीलाई प्रादेशिक संरचनामा आवश्यक योजना बनाउन प्रहरी प्रधान कार्यालयलाई निर्दशन दिनुभएको छ ।
नेपाल प्रहरीलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे गृहमन्त्रालयले छलफल सुरु गरेको छ । गृहमन्त्री शर्माले प्रहरी नायव महानिरीक्षक (डिआईजी) र त्यसभन्दा माथिका अधिकारीहरुसँग छलफल गरी सुझाव लिनु भएको छ ।






