वार्ता निष्कर्ष विहीन

सहमतिको प्रयास गर्ने जिम्मा पाएका प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाका संयोजक एवं एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफल विवादित विषयमा कसरी सहमति जुटाउने र दलहरुबीच बढिरहेको दुरी कम गराउनेमा सम्बन्धमा केन्द्रित छ ।

हिजो कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चासहित चार प्रमुख राजनीतिक शक्तिबीच निर्णायक भनिएको वार्तामा सहमति हुन नसकेपछि सहमतिको प्रयास गर्ने जिम्मा कोइराला र प्रचण्डलाई दिइएको थियो । दुईचरण गरी झन्डै ३ घण्टा चलेको बैठकमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पहिचानबिनाको ७ प्रदेश समेटिएको ९ बुँदे प्रस्ताव सत्तारुढको सहमतिको आधार भनेपछि विपक्षी एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले आपत्ति जनाएका थिए ।

गौतमको भनाईबाट रुष्ट भएका विपक्षी र सत्तारुढबीच केहीबेर बैठक अवरुद्ध भएको थियो । दोस्रो चरणमा पनि सहमति नजुटेपछि शीर्ष नेताहरुले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र प्रचण्डलाई सहमतिको वातावरण बनाउने जिम्मा दिएको थियो ।