काठमाण्डौ २० कार्तिक । देशमा संकटको बेला उपप्रधानमन्त्री मण्डलको लाममा नेताहरु लागेको भन्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले आलोचना गरेका छन् । देशलाई नेतृत्व दिने व्यक्तिहरु नै उपप्रधानम
न्त्रीको लाईनमा लागेको भन्दै उनले आलोचना गरेका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै लाज नभएका नेताहरु भन्दै कडा आलोचना गरेका छन् । ‘देशलाई नेतृत्व दिने व्यक्तिहरु उपप्रधानमन्त्रीको लाममा । थुक्क ठुला कुरा गर्ने लाज नभएकाहरु ।’ भण्डारीले फेसबुकमा लेखेका छन् ।
देशमा नाकाबन्दी भएको , शैक्षिक संस्था बन्द भएको, विकास निर्माण ठप्प भएको, भूकम्पपिडीत घरबिहीन भएको अवस्थामा पनि देशलाई नेतृत्व दिनेहरु उपप्रधानमन्त्रीको लाईनमा लागेको प्रति उनको आक्रोस छ । जनता खाली सिलीण्डर लिएर सडकमा बसेर पनि राष्ट्रलाई अप्ठ्यारो परेको बेला दुःख सहिरँदा नेताहरुले जनताको पिडा बुझेर त्याग गर्न नसकेको उनको आरोप छ । ‘ खाली सिलिन्डर सडकमा तर जनता मौन । किनकी राष्ट्रलाई अप्ठ्याराे परेको छ । देशका लागी दुस्ख सहनु पर्दछ – यो जनताको अठोट हो ।’ उनले लेखेका छन् ‘के नेताहरुले केही त्याग गर्नु पर्दैन ?’






