तक्दीर अधिकारी
सिड्नी । माकाथर क्षेत्र नेप्लिज कम्युनिटीले आगलगानी पीडितका लागि सहयोग संकलन गर्ने उद्देश्यले चियापान कार्यक्रम सम्पन्न ग-यो । कम्युनिटीको संरक्षक टुंगनाथ खरेलले दिएको जानकारी अनुसार चियापानबाट १२ सय डलर संकलन भयो । उक्त संकलित रकममा कम्युनिटीले २ हजार डलर थप गरेर ३२ सय डलर क्याम्पेल टाउन काउन्सिललाई हस्तान्तरण गरिनेछ । कम्युनिटीका अध्यक्ष राजकुमार अधिकारीको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिने संरक्षक खरेलले जानकारी दिए ।

१८ जनवरी शनिबार कोरोनेसन पार्क मिन्टोमा सम्पन्न चियापान कार्यक्रममा क्याम्पेल टाउन काउन्सिलका काउन्सिलर महसुद चौधरीलगायत ९० जनाको सहभागिता थियो । कार्यक्रम क्याम्पेल टाउन कम्युनिटी हलमा आयोजना भएको थियो । कार्यक्रममा एडमिन्सन पार्कका अध्यक्ष विष्णु घिमिरे, माकाथर मल्टिकल्चरका पदाधिकारीलगायतको उपस्थिति थियो ।







