लन्डन– कांग्रेस नेता एवं सिरहा क्षेत्र नं. ६ का सांसद डा. गणेशकुमार मण्डलले भावना र दबाबमा सिमांकन गर्न नहुने बताएका छन् ।
बेलायत भ्रमणमा रहेका सांसद मण्डलले सिमांकन वैज्ञानिक आधारमा गर्नुपर्नेमा जोड दिए । ‘फेरि पनि सिमांकनमा भूल दोहोर्याउनुहुन्न,’ लन्डन नेपाल न्यूज डट कम का लागी पत्रकार बिपिन निरौला सँग संक्षिप्त कुराकानी गर्दै सांसद मण्डलले भने, ‘कसैको दबाब, इमोसनल सेन्टिमेन्ट भन्दा पनि वैज्ञानिक आधारमा गरौं ।’
मण्डलले सिमांकनमा यसअघि पनि नेपालको राजनीतिक नेतृत्व चुकेको बताउँदै पहिचानका पाँच र सामथ्र्यका चार आधारअनुसार प्रादेशिक सिमा निर्धारण गर्नुपर्ने बताए ।
एक कार्यशालाका लागि यहाँ आएका मण्डलले बेलायतमा रहेका नेपालीहरुबीच सहकार्यको संस्कृति र नेपालमा केही गरौं भन्ने भावना उच्चरुपमा पाएको उल्लेख गरेका छन् ।






