काठमाडौँ- कलाकार अनमोल केसी निर्माता रहेको फिल्म ‘म त तिम्रै हुँ’ को अफिसियल ट्रेलर आउट गरिएको छ ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलरसँगै एक गीत र अडियो एल्बम सार्वजनिक गरेको हो ।
फिल्म अनमोल क्रियशनको प्रस्तुतिमा उनकै आमा तथा अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन ।
फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी लगायत विजय लामा, सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ । फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ ।
नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन् । फिल्म साउन ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने बताइएको छ ।






