लन्डनमा ‘तीज फर अ कज’ शुक्रबार: समीक्षा अधिकारी आइपुगिन्, बद्री पंगेनी–दुर्गेश थापासहित तीनै मुख्य कलाकार बेलायतमा

लन्डन । लन्डनमा शुक्रबार हुने ‘तीज फर अ कज’ कार्यक्रममा प्रस्तुति दिन गायिका समीक्षा अधिकारी बेलायत आइपुगेकी छन्। उनलाई आयोजक मिलानोयर इभेन्ट्सले स्वागत गरेको  छ।

कार्यक्रमका अर्का  कलाकारहरू बद्री पंगेनी र दुर्गेश थापा बुधबार साँझ नै लन्डन आइपुगेका थिए। समीक्षा अधिकारीको आगमनसँगै अब कार्यक्रमका तीनै प्रमुख कलाकार बेलायतमा पुगेका छन्।

मिलानोयर इभेन्ट्सको आयोजनामा यही ११ सेप्टेम्बर, शुक्रबार, इष्ट लन्डनस्थित म्यानर पार्क स्टेशन नजिकै रहेको द रोयल रेजेन्सीमा कार्यक्रम हुने भएको छ।

कार्यक्रममा बद्री पंगेनी, दुर्गेश थापा र समीक्षा अधिकारीले आ–आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्। आयोजकका अनुसार कलाकारहरूको आगमनसँगै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजकले कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी बाढीपीडितका लागि सहयोग जुटाउने अभियानका रूपमा अघि बढाइएको छ।

कलाकारहरूको उपस्थितिले कार्यक्रमप्रति दर्शक तथा नेपाली समुदायमा थप उत्साह देखिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *