लन्डन । बेलायतमा नेपाली संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली साँझ’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। फ्रीकआउट नेशनको प्रस्तुति तथा मिलानोइर इभेन्ट्सको सहकार्यमा सेप्टेम्बर १३ मा एल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र लोकप्रिय गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ। साथै लक्ष्मी गुरुङ, प्रिया गुरुङलगायत अन्य कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहने जनाइएको छ। कार्यक्रमको होस्टिङ यसोधाले गर्नेछिन् भने डिजे बीको विशेष प्रस्तुति पनि रहनेछ।
साँझ ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने ‘तीज स्पेशल नेपाली साँझ’ कार्यक्रममा नेपाली कला, संस्कृति, नृत्य र मनोरञ्जनको समिश्रण प्रस्तुत गरिनेछ। आयोजक एडम जंग थापाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।
कार्यक्रमका लागि टिकट अनलाइनमार्फत उपलब्ध रहेको छ भने दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
——-–”






