थाइल्याण्डको गुफामा फसेका १२ बच्चासहित एक कोचले कि त डाइभ हान्न सिक्नुपर्ने कि महिनौंसम्म बाढी कम नहुञ्जेलसम्म गुफाभित्रै बस्नुपर्ने स्थिती निम्तिएको त्यहाँको सेनाले बताएको छ ।
बचाउ दलका सदस्यलाई बाढीले समस्या पारिरहेकाले तत्कालका लागि खानेकुरा र औषधी उपचारको व्यवस्था मिलाइएको बीबीसीले बताएको छ ।
उनीहरुलाई चार महिनासम्म पुग्ने गरी खाना आपूर्ती गरिने सेनाले बताएको छ ।
आफ्ना फुटबल कोचसहित १२ बच्चाहरु ९ दिन अघि चियंग रायस्थिती ट्याम लूंग गुफामा हराएका थिए ।






