संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समिति युकेको १५ औँ बार्षिकोत्सव सम्पन्न (भिडियो र फोटो फिचर)

लण्डन । संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समिति युकेको १५ औँ ऐतिहासिक बार्षिकोत्सव एवम् विस्तारित सभा तथा सघींय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति युकेको विस्तारित सभा २६ मार्चमा थरक, गरेजमा सम्पन्न भएको छ । मञ्चले आफ्नो १५ औँ बार्षिकोत्सव समारोह ऐतिहासिक रुपमा भव्य कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सवको अवसरमा समितिले विभिन्न पदोन्नती प्रस्ताव तथा पार्टी प्रवेश घोषणा साथै बधाई,शुभकामना,जेष्ठ सदस्य सम्मान लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । ऐतिहासिक संयुक्त विस्तारित सभाले विभिन्न व्यक्तित्वहरुलाई पदोन्नति तथा पार्टी प्रवेश गराएको छ ।जसमध्ये संघीय लोकतान्त्रिक सामाजिक मञ्च प्रवास समिति यूकेको उपाध्यक्षहरुमा क्रमश : खड्गजङ आङ्बुहाङ, याम गुरुङ, सह-अर्थसचिवमा बुद्धहर्क लाओती र सदस्यमा मेहेरमान तामाङ चयन भएका छन् । त्यस्तै संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति यूकेको उपाध्यक्षमा जगत सुहाङ, सचिवालय सदस्यमासुरेन्द्र कुमार लिम्बु, केन्द्रीय सदस्यमा पुणर् तेयुङ र सल्लाहकारहरुमा क्रमस बि.के इजम सुब्बा, खड्गजङ आङ्बुहाङ र दिपक तुम्बापो रहेका छन् ।सोहि संयुक्त विस्तारित सभाले विभिन्न महत्वपूणर् निणर्यहरु एवम् भावि कार्ययोजना तयार गरेको छ । जसअन्तर्गत आगामी तीनै तहको निर्वाचनलाई मध्यनजर गर्दै तुरुन्त अरुण पूर्वका ९ जिल्ला लिम्बुवानमा सशक्त जिल्लाजागरण अभियान संचालन गर्न केन्द्र नेपालसंगे पहलकदमी गर्ने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल अन्तर्गत प्रवास समिति यूकेमा रहेका सम्पूणर् सदस्यहरुले पार्टीको ४ बर्षे योजनालाई अङ्गीकार गर्दै आगामी तीनै तहको निर्वाचनलाई सफल बनाउन लागि पर्ने लगायतका निणर्य गरेको छ ।त्यस्तै संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके र संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको संयुक्त पहलकदमीमा यूकेमा गठन हुन बाँकी रहेका सामाजिक मञ्चहरुको गठनलाई सशक्तरुपमा अगाडि बढाउने र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको चैत्र ८ गते सम्पन्न भएको पदाधिकारीको बैठकले पारित गरेको सेरिल नम्बर २ को निणर्यमा विधान, विनियम र प्रक्रिया बिपरित गठन गरिएको कथित सर्मिला यक्सो अध्यक्ष रहेको भनिएको संघीय लोकतान्त्रिक सामाजिक मञ्चयुके समितिलाई मान्यता प्रदान गरिएको लज्जास्पद निणर्य भन्दै संयुक्त विस्तारित बैठकले घोर आपत्ति समेत प्रकट गरेको छ ।त्यस्तै सोही अवसरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संथापक अर्थसचिव एवं सं.लो.सा. मञ्चका प्रमुख सल्लाहकार चुडामणी तुम्बाहाङ्फेले पार्टीको बिगत र वर्तमान अवस्थाबारे जानकारी गराउँदै संस्थाको काम,कर्तव्य र अधिकार तथा यसले गरिरहेका कार्यहरुका विषयमा प्रकाश पारेका थिए ।कार्यक्रममा सचिव किशोर तिल्लिङले सुरक्षा सम्बन्धी जानकारी गराएका थिए भने शहिदहरुको फोटोमा माल्यार्पाण एवम् सम्मान समेत व्यक्त गरिएको थियो । कार्यक्रम सं.लि.सा. मञ्च युकेका अध्यक्ष टकं खापुङको अध्यक्षतामा र सं.लो.सा. मञ्च यूकेका अध्यक्ष देबी बहादुर तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा तथा विशेष अतिथिमा चुडामणि तुम्बाहाङ्फे साथै बुद्धिजीवी अतिथिमा बि.के इजम रहेका थिए ।उपाध्यक्ष नर कुरुम्बाङको स्वागत मन्तव्य एवम् महासचिवहरु राम इजम, दिपक तुम्बापो तथा उपमहा सचिव लाल लिङदेनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको लाईभ प्रशारण लण्डन न्यूज नेपालबाट भएको थियो ।


( हेर्नुस पुरा भिडियो )