लन्डन । नेपाल आमालाई सम्झिरहन बेलायतबासी नेपाली समुदायलाई क्या. विजय लामाको आग्रह गरेका छन् । समर्पण ग्रुपले तयार पारेको गीति एल्बम समर्पण लोकार्पण कार्यक्रममा क्या. लामाले यस्तो आग्रह गरेका हुन् ।
बेलायतको अल्टर्सटस्थित एम्पाएर हलमा एल्बमको एक समारोहकाबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदी र विशिष्ठ अतिथि नेपालका सेलिब्रेटी विमान चालक क्याप्टेन विजय लामाले संयुक्त रुपमा एल्बमको लोकार्पण गरेका थिए ।
समर्पण गीति एल्बम शिक्षाका लागि समर्पित रहेको गीति एल्बम मात्र नरही एक परियोजना रहेको जानकारी गराउँदै समर्पण टिमका संयोजक सूर्य गुरुङले अभियानबाट उठेको रकम नेपालका विभिन्न बिद्यालयहरुमा खर्च गरिने बताए ।
प्रारम्भमा मकवानपुरको देबहित आधारभूत बिद्यालयलाई सहयोग गर्ने योजना रहेको जानकारी समेत संयोजक गुरुङले गराए । समर्पण परियोजनाका संयोजक सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोह परियोजनाका सदस्यद्वय कान्ति गुरुङ श्रेष्ठ र विभा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा प्रमुख अतिथि डा. सुबेदीले बेलायतमा सयौको संख्यामा राजनैतिक, सामाजिक, जातिय तथा धार्मिक संघ संस्था रहेको र विविध कार्यक्रममा आफ्नो उपस्थिति रहदै आएको भएता पनि सामाजिक एबं शैक्षिक पुन्यका लागि आयोजना गरिएको कार्यक्रममा जोडिने अवसर दिने आयोजक टिम समर्पणलाई धन्यवाद दिँदै आभार प्रकट गरे ।
उनले भने, ‘सिमलको बिज छरे सिमल उम्रन्छ, सालको बिज छरे सालनै उम्रन्छ’ भने जस्तै नेपाली भने पछि विश्वमा जहाँ रहेपनि नेपाली नै रहिरहने कुरामा जोड दिए । आफ्नो भाषा संस्कृति परम्परा र पहिचानलाई बचाएर राख्नुपर्ने र आफ्नो परिश्रमको थोरै अंश भए पनि आफ्नो मातृभूमिको लागि छुट्याउन आग्रह गरे । यस्तै कार्य गर्न लागि परेका बेलायतमै बसोबास गरिरहेका समर्पण परियोजना टिमको खुलेर प्रशंसा गर्नुका साथै हौसला प्रदान गरे ।
‘समर्पण शिक्षाका लागि’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा समारोहका मुख्य आकर्षण क्याप्टेन विजय लामाले आफूले चन्द्र र सूर्य अंकित ध्वजाबाहक बिमान उडाएको ३० औं बर्ष पार गरिसकेको र आफु आफ्नो पोशाकको सम्मानका साथै त्यसबाट प्राप्त अनुशासनको कारणले नेपाली भएकोमा गर्व गरेको बताए । उनले व्यक्तिगत र राजनैतिक स्वार्थ भन्दामाथि उठी नेपाली भएकोमा गर्व गर्नसमेत आव्हान गरे ।
बेलायत नेपाली गोर्खाहरुको एतिहासिक कर्मथलो रहेको र आफ्नो पुर्खाले कमाएको इज्जत बचाइ राख्न र नेपाल आमालाई सम्झिरहन बेलायतबासीलाई आग्रह समेत गरे । आफू पनि समर्पण परियोजना टिमको सदस्य भएकोमा गर्व गर्दै मानवीय सेवाका कार्यमा समर्पित समर्पणका सदस्यहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा बेलायतमा सक्रिय संघ संस्था एनआरएन युके, बुद्ध फाउन्डेसन युके, तमुधि युके, तामाङ सोसाइटी अफ युके, एसिएन वोमन एसोसिएसन युके, म्हेंदोमाया समाज युकेलगायतका संस्थाबाट आमन्त्रित प्रतिनिधि एवम् पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।
समर्पण ग्रुपद्वारा तयार पारिएको गीति एल्बम ‘समर्पण’ लोकार्पण गÞरिएको छ । बेलायतको अल्टर्सटस्थित एम्पाएर हलमा एल्बमको एक समारोहकाबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदी र विशिष्ठ अतिथि नेपालका सेलिब्रेटी विमान चालक क्याप्टेन विजय लामाले संयुक्त रुपमा एल्बमको लोकार्पण गÞरिएको हो ।