जगतगुरु महायोगी शिद्धबाबा -सत्य माथी असत्यको पर्दा-साधना परिवार- युके

जगतगुरु महायोगी शिद्धबाबासत्य माथी असत्यको पर्दा

महायोग साधना परिवार- युके

केहि समय अघि देखि जगतगुरु महायोगी शिद्धबाबा बिरुद्ध संचार माध्यममा आएका अडियो लगायत समाचारहरुले हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ | जगतगुरु महायोगी सिद्धबाबालाइ प्रत्यक्ष रुपमा आफुले देखेको र वहाको अध्यात्मिक शक्तिको केहि पहिचान पनि अनुभब गरेको आधारमा ति समाचारहरु पढ्दा र अडियो सुन्दा यी आरोपहरु महायोगी सिद्धबाबालाई षड्यन्त्रपूर्ण ढंगले लगाइएका मिथ्या, कपोलकल्पित, र अति घृणित लान्छनाहरु हुन् भन्ने कुरामा हामीलाई कहिँ कतै द्विविधा छैन | यी षड्यन्त्रपूर्ण मिथ्याचारी आरोपले सहजै देखाएका छन् कि एउटा श्रोत्रिय ब्रह्मनिष्ट सन्तको अमूल्य लोक कल्याणकारी कार्यहरु देख्न नसकी इर्ष्याले जलेका केहि अबाञ्छीत र उत्तेजक तत्वहरु कति तल्लो स्तर सम्म गिरेर आफ्नो हर्कत देखाउन सक्दा रहेछन | समग्रमा यी अवान्छित हर्कत र आरोपको हामी घोर भर्त्सना गर्दछौ |

हामी पूर्ण रुपमा सचेत छौ कि संचार माध्यम र ती माध्यमसंग सम्बन्धित पत्रकारहरु समाजका निकट मित्रहरु हुन् | ती हाम्रा सम्पत्ति हुन् | तर कतिपय यस्ता पत्रकारवाट पत्रकारिताको क्रममा यथार्थ समाचार बाहिर नल्याई बिना अनुसन्धान गलत समाचार बाहिर ल्याउने गल्ति पटक पटक दोहोरिने गरेको पनि भेटिन्छ | यहाँ केहीले गरेको गल्तिलाइ लिएर सबै संचार माध्यम र पत्रकारलाई दोष दिने हाम्रो अभिप्राय किमार्थ पनि होइन र त्यस्तो कुरा हुनु पनि हुदैन | यहाँ हाम्रो अभिप्राय यहि हो कि नखाएको विष कसैलाई पनि नलागोस |

तर बिडम्बना नै भन्नु पर्छ, यस पटक हामी सबैले सम्मान र बिस्वाश गर्दै आएका र राम्रो पत्रकारको एउटा बलियो छबि बनाउन सफल एक पत्रकार रबि लामिछानेको समाचार सुन्दा र पढ्दा आफैले वाहाप्रति गरेको विश्वासमा सन्देह उत्पन्न भएको छ | हामीले बुझ्न नसकेको के हो भने किन वहाले पूर्ण विश्लेषण नगरी त्यस्तो संबेदनशील समाचार प्रसारण गरिदिनु भयो ? यो मिथ्या समाचारले वहाले बिगतमा सत्य समाचार मार्फत खुसि बाडेर हसाउने गरेका लाखौ लाख आफ्ना अनुयायीहरुलाइ रुवाउने काम गर्ने छ भन्ने कुरा किन हेक्का राख्नु भएन ? फेरि सन्त इतिहासमै नेपालको उचाइलाई विश्व सामु सुनौला अक्षरले अंकित गराउन सक्ने एक महान सन्तलाई नचिनी सामान्य योगी सम्झिने, र त्यस्तो निर्दोष महान अध्यात्मिक चिन्तक माथि षड्यन्त्रकारी शक्तिको कुरा सुनेर हिलो छ्याप्न वहा जस्तो व्यक्तित्व किन उद्दत हुनुभयो ?

कुनै पनि समाचारको विश्वसनीयता पहिचान गर्न दुवै पक्षको अनुसन्धान गर्नु पर्छ | दुवै पक्षको कुरा बुझ्नु पर्छ | तर वहाले महायोगी सिद्धबाबाको वास्तविक पहिचान र वहाको व्यक्तित्व बारे किन सम्बन्धित संस्था र आधिकारिक व्यक्तिहरुलाई सम्पर्क नै नगरी एकोहोरो ढंगले समाचार प्रसारण गर्दै रहनु भयो ? अहिले द्रुत गतिमा विकास भैरहेको प्रविधिका कारण त्यसै प्रविधिको दुरुपयोग गरि बनाइने गरेका फेक प्रमाणहरुको बारेमा रबि जी अनविज्ञ हुनुहुन्छ भनेर कसैले पत्याउन सक्ने कुरा पनि होइन | हामीलाई अत्ति दुख्ख लागेको कुरा यहि हो कि राष्ट्रकै लागि असर गर्ने यस्तो संबेदनसिल तर षड्यन्त्रपूर्ण तरिकाले प्रस्तुत गरिएको फेक बिषयलाई राम्ररी त्यसको सत्यता नै नकेलाई अति हल्कासंग प्रसारण गरिदिंदा यसले पुर्याएको क्षतिको जिम्मेबारी कसले लिने ? के यसबारे रबि जीले सोच्नु भएको छ ?

अर्को कुरा रह्यो महिलाको आरोपको सम्बन्धमा | सम्पूर्ण मेडियामा सार्बजनिक भएका महिलाको मोबाईल संदेशहरुबाट पनि सहजै पुष्टि हुन्छ कि उक्त पिडित भनिनु भएकी महिलाले नै बरु महायोगी सिद्धबाबाको चरित्र माथी  सिधै आक्रमण गरेकी छिन | ति महिलाले यसप्रकारको आरोप लगाउनु भनेको कुनै मन्दिरमा जाँदा खेरि त्यहा भएको मुर्ति उठेर आएर बलात्कार गर्यो भन्नु सरह हो | सिद्धबाबा आफ्नो धर्म, नैतिकता, संस्कार र सस्कृतिको ठूलो परिधिमा आश्रमका साधु महात्माहरुले घेरिएर बस्नु भएको हुन्छ | यो हामीले देखेको कुरा हो | पूज्य महायोगी सिद्धबाबा, नेपाल आमाको सपुत मात्र नभएर सम्पूर्ण मानब जातिको कल्याणका लागि आफुले सम्पूर्ण जीवन समर्पित गरि अध्ययन, ध्यान र तपस्याद्वारा आर्जिएको ज्ञान शिप र शक्तिलाइ भक्ति साधनाको माध्यमद्वारा हामी सबैको सेवामा समर्पित महामानव हुनुहुन्छ | वहा हाम्रो गौरब र प्रतिष्ठा हुनुहुन्छ |

महायोगी सिद्धबाबालाई यो संसारको कुनै पनि कुरा चाहिएको छैन | बरु हामी सबैलाई चाही महायोगी सिद्धबाबा चाहिएको छ | उहाबाट हामीहरु सबैले अन्त कतै पनि पाउन नसक्ने धेरै दुर्लभ कुरा लिनु छ | वहाले कृपा गरेको साधनाको अभ्यासले मात्र थाहा पाइन्छ कि वहा संसारका सबै मानिसलाई उनीहरुको क्षमाता र आबश्यकता अनुसारको कृपा प्रदान गर्न सक्ने क्षमाता राख्नु हुन्छ | वहा एक सन्तको भेष धारण गरेको मात्र सन्त हुनुहुन्न | एक उच्च रुपको समाधि-सिद्ध महापुरुष हुनुहुन्छ | यो कुरा शव्दमा भन्न सजिलो होला, तर आजको यस समयमा समाधिको सिद्धि गर्नु कुनै ठट्टाको बिषय होइन | वहाले त्यसै त्यत्तिकै यति धेरै मनिसहरुको विश्वास जितेको होइन | यसमा धेरै तथ्य र प्रमाणहरु छन् | कृपया उहाको विषयमा सतही कमेन्ट गर्नु भन्दा पहिला वहा वारे अध्ययन र अनुसन्धान गरौ |

महायोगी सिद्धबाबाको कृपा मार्फत महायोग साधना सिकेर साधना गर्दै जाँदा स्वत:स्फुर्त अनुभूतिहरु घटित हुन्छन भन्ने कुरा सुने पछि यी कुरालाई पत्याउन नसकी बिकसित देशमा बसोबास गरिरहेका धेरै बैज्ञानिकहरु नेपाल पुगी सिद्धबाबाको सान्निध्यमा बसेर साधना बारे अनुसन्धान गरेका छन् | पछि साधना मार्फत आफैले अनुभूति गरे पछि वहाहरु महायोगी सिद्धबाबाको अनुयायी बन्नु भएको छ | महायोगी सिद्धबाबा एक अद्वितीय अध्यात्मिक क्षमता भएको व्यक्तित्व हुनुहुन्छ | सिद्धबाबा संसारभरिकै मानब जातिमा एउटा सकारात्मक क्रान्ति ल्याउन सक्ने क्षमाता भएको व्यक्तित्वको रुपमा हामीले अनुभब गरेका छौ |

आज समाज अति गिर्दो अबस्थामा छ | यहाँ हत्या, हिंसा, बलात्कार, चोरी, ठगि, भ्रष्टाचार जस्ता कुकृत्यहरुमा समाज आज फस्दै गएको छ | योग साधना जस्ता विशिष्ट कुराहरुलाई पनि विभिन्न रुपमा परिबर्तन र परिमार्जन गरि एउटा ब्यापारको रुपमा मात्र अघि बढाउने धृष्टता पनि अघि बढिरहेको छ | विभिन्न नाम चलेका योगी तथा सन्तहरु पनि समाधिको अवस्थामा पुग्न नसकेको कुरा सुन्न पाइन्छ | आजको युगमा हामीले महायोगी सिद्धबाबा जस्तो सम्पूर्ण ज्ञान र शक्तिले भरिपुर्ण व्यक्तित्वलाई चिन्नु जरुरि छ | किनकि वाहामा समाजका यस्ता नराम्रा विसंगतिहरुलाई महायोग साधनाको मध्यमद्वारा सजिलै निर्मुल पार्न सक्ने क्षमाता भएको तथ्य हामीले प्राप्त गरेका छौ | तर बिडम्बना, वहासंग भएको दुर्लभ ज्ञान सिकेर फाइदा उठाउनु त कहाँ हो कहाँ, यहाँ त त्यस्ता व्यक्तित्वलाई हुदै नभएको आरोप लगाई चरित्र हत्या गर्ने पो गरिन्छ  |

वास्तबमा बैज्ञानिक खोज र आजको हाम्रो अनुभबका आधारमा भन्ने हो भने पनि संसारिक रुपले भोग र बासनामा बाँचेका हामी सबै मानिसहरु तृष्णा र कृतिम अभाबमा तड्पिरहेका छौ | आजको हाम्रो विषाक्त र असन्तुलित खान-पान, त्राशदीपूर्ण रहन-सहन, र तनावले भरिएको दैनिकी नै हाम्रो विभिन्न खाले सारिरीक तथा मानसिक रोग र कतिपय उपचार नै हुन नसक्ने रोगको कारण हो | कृतिम आनन्दमा रमाउने बानी र अहोरात्र करोडौपति बन्ने होडमा मानिस छटपटाइरहेका छन् | यीनै अभावको प्राप्तिका खातिर तिकडम, जालसाजी, हत्या र हिँसा जस्ता जघन्य अपराध गर्न पनि मान्छे पछि परेका छैनन् | तर अनुभव र प्रमाणले पुष्ट्याईसकेको छ कि हामीले संसारमा खोजेको जति सम्पत्ति कमाएर पनि, सबै भन्दा बढी रुपवान वा रुपवती भएर पनि, धेरै ठुलो डिग्री हासिल गरेर पनि, ठूलो जागिर खाएर पनि वा प्राप्त गर्न खोजेका सबै संसारिक बस्तु प्राप्त गरेर पनि हाम्रो तृष्णा मेटिदो रहेनछ |

हामी धेरैलाई थाहा नभएको पनि हुन सक्छ, हामी सबैको अन्तिम सन्तुष्टि बाहिरी बस्तुमा नभई परमात्माको प्राप्तिमा मात्र रहेछ | तर बिना श्रोत्रिय ब्रह्मनिष्ट गुरुको कृपा त्यो परमात्मा प्राप्तिको बाटो पनि खुल्दो रहेनछ | आजको यस घडीमा हामीले भेटन सक्ने श्रोत्रिय ब्रह्मनिष्ट गुरु महायोगी सिद्धबाबाको कृपाले हाम्रो परमात्मा प्राप्तिको बाटो खुलाउन सक्ने अनुभव धेरैले गरेका छन् | शिद्धबाबाको कृपा प्राप्त गरे पछि साधकमा रहेका कुलत र नराम्रा बानी पनि आफै स्वतः हट्न थाल्छन | बिस्तारै साधकमा धैर्यता, संयमता, दया, करुणा जस्ता भावहरु जाग्दै जान्छन | शरीरले आफुलाई फाइदा हुने वस्तु मात्र रोज्न थाल्दछ | गुरुदेवसंग सबै मान्छेलाई यो स्वरुपमा रुपान्तरण गराउन सक्ने क्षमता रहेछ  | यो काल्पनिक कुरा होइन | किताप पढेर भनेको पनि होइन | यो हामी धेरै साधकहरुको निजि अनुभब हो |

हामीले आफ्नै अनुभवका आधारमा विगत दशकलाइ मात्र नियाल्ने हो भने पनि महायोगी सिद्धबाबाले नेपाल र नेपालीलाई लगाएका गुणहरुको लामो फेहरिस्त बन्दछ | वहाले जाति, धर्म, सम्प्रदायको साँघुरो दायराबाट माथि उठेर राष्ट्र, राष्ट्रियता, आत्म, आत्मियताका साथ् सबै धर्म, संस्कृतिको सेवा गर्नुपर्छ भनेर सिकाउनु भयो | नेपालको सरकारलाई सहयोग गर्ने हेतुले अर्गानिक रुपमा हरित क्रान्ति अभियानको धारणा प्रस्तुत गरि क्षेत्र नुम्बर १ को सरकारसंग मिलेर काम गर्ने योजना अघि बढिसकेको कुरा पनि सबैलाई बिदितै हुनुपर्छ | आफू आयुर्बेद विद्याको बिशेषज्ञ भएकाले आयुर्बेद्को प्रयोगद्वारा स्व-उत्पादित औषधिद्वारा राष्ट्रलाइ आत्मनिर्भर बनाउने गुरु योजनाको प्रस्तुति पनि वहाले गरिसक्नु भएको छ | महायोग मेडिटेसनको माध्यमद्वारा मानिसको भौतिक, मानसिक र अध्यात्मिक विकास गराउन नेपाल मात्र होइन विश्वभरिका मानिसहरु लाभान्वित भैरहेको कुरा पनि हामी सबैको अनुभबले देखाईसकेको बिषय हो | म पनि आफ्नो मातृभूमिमा केहि गर्नु पर्छ भनेर स्वदेश फर्केको हुँ, तपाइहरु पनि आफ्नो अवस्था मिलाएर स्वदेश फर्कनु होस् मिलेर नेपाल आमाको सेवा गर्नु पर्छ भन्ने वहाको आह्वानलाई बिदेशमा बस्ने धेरै बुद्धिजिबी नेपालीहरुले समेत सकारात्मक रुपमा लिई वहासंग मिलेर मातृभूमिको सेवा गर्न फर्कने सोच बनाइसकेको कुरामा हामी आफै साछि छौ | वहा मार्फत सिकेको आध्यात्मिक ज्ञान विश्वसमुदायलाई बाड्न र आध्यात्मिक ज्ञानको क्षेत्रमा नेपालको सिर विश्वमा उचा पार्न हामी लागिसकेका छौ | सरकारले भिजिट नेपालको योजना ल्याइरहेको अवस्थामा आफ्नो मातृभूमिको सेवा तथा सरकारको योजनामा सहयोग गर्न हामीले महायोगी सिद्धबाबाको दर्शन गर्ने र योग-ध्यान सिकाउने हेतुले स्पिरिचुअल टुरिष्टको संख्या वृद्धि गराउने अभियानमा पनि लागि परिरहेको अवस्था छ, र चतराधाम जाने  टुरिष्टको संख्या पनि बढ्दो क्रममा छ |

यस्ता विलक्षण प्रतिभाका धनि महायोगी सिद्धबाबाले ऐतिहासिक रुपमा दुर्लभ श्रीराम तारक ब्रम्ह महायज्ञ सम्पन्न गर्नुका साथै लोक कल्याणका खातिर गरेका यी तमाम योगदानहरुको मुल्यांकन गरेर अध्यात्मिक रुपमा उच्च र प्रतिष्टित संस्था र महानुभावहरुद्वारा वहालाई जगत्गुरुको उपाधि मिलेको हो | तर संसारिक लोभ र लालचमा चुर्लुम्म डुबेका कतिपय महानुभावहरुको इर्ष्या र कुत्सित नियतले प्रेरित षड्यन्त्रको तानाबाना बुनेर महायोगी सिद्धबाबाको चरित्र हत्या गर्ने मात्र होइन सनातन धर्म र संस्कृतिलाइ नै ठूलो घाटा पुर्याउने हर्कत आज भैरहेको छ | तर आज देशका बुद्धिजिबिहरु यो सबै कुरा देखिरहेर पनि मौन बसिरहेको अवस्था छ | यो बिषयमा अब सबै अति गम्भीर हुनु पर्ने बेला आएको छ |

बिगतलाई हेर्ने हो भने पनि गौतम बुध्दको पालामा पनि वाहाको अभियान र मार्गलाई गिराउनको निमित्त विभिन्न दुष्ट व्यक्ति र समुदायले अनेक प्रयास नगरेका होइनन | एदि उक्त समयमा गौतम बुद्धलाई विफल पारिएको भए आज हाम्रो समाज कहाँ पुग्थ्यो होला? त्यतिखेर पनि अन्गुलीमाल जस्ता नरभक्षिहरु मानब संहार गर्दै अघि बढीरहेका थिए | वाहाको अभियान सफल भएकोले नै आज हामी विश्व सामु गौतम बुद्ध हाम्रो बिभुति भनेर गर्ब गरिरहेका छौ | यसरि नै समयले हामीलाई आज अर्को अवसर प्रदान गरेको छ | यसलाई हामीले बुझ्नु र मनन गर्नु जरुरि छ | आज पूर्वीय दर्शन पश्चिमा बैज्ञानिकहरुले पनि अवलम्बन गरिरहेको अवस्थामा हाम्रो अनन्त खुशीलाई ध्यानमा राखी यति तेजिलो प्रकासका रुपमा उदाउनु भएका महायोगी सिद्धबाबालाई हामी सबैले चिन्नु जरुरि छ |

महायोगी सिद्धबाबा मानवलाई नरबाट नारायण र जिववाट शिव बनाउन सक्ने साधनाको अभ्यासवाट सवभन्दा माथिल्लो स्तरको समाधिको सिद्धि गरिसकेको व्यक्तित्व हुनुहुन्छ | “माथि उठेर हेर र भित्र पसेर सोच” भन्ने सिद्धान्तका प्रतिपादक शिद्धबाबाले प्रतिपादन गरेका सिद्धान्त र व्यवहार यति उच्चतम छन कि यिनलाई सामान्य मानिसले सहजै अनुमान लगाउन पनि सक्तैनन | उदाहरणको लागि हामी वहाबाट यति धेरै टाढा छौ अनि हामी मध्ये कतिले त उहालाई प्रत्यक्ष देखे-भेटेका सम्म छैनौ, तर हामीले वहाको कृपा मार्फत व्यक्तिगत तथा पारिवारिक रुपमा प्रसस्त फाइदा हासिल गर्ने सौभाग्य पाएका छौ | यसको प्रामाणिकताको आबश्यकता महसुस भएमा हामी प्रसस्त तथ्यहरु उपलब्ध गराउन सक्छौ | यो अमूल्य ज्ञानबाट केवल हामी नेपालीले मात्र होइन, कैयौ बिदेशी नगरिकहरुले समेत प्रसस्त फाइदा उठाएका छन् र हामी नेपालीमा भन्दा ति बिदेशीहरुमा बढी विश्वास जागेको अवस्था छ |

भनिन्छ, पहिला ऋषिमुनिहरूको पालामा पनि श्रोत्रिय ब्रह्मनिष्ट गुरुबाट दिक्षा लिन बिना पात्रता सम्भव थिएन | अहिले हाम्रो पात्रतालाइ पनि वास्ता नगरी नितान्त लोककल्याण हेतु जगतगुरु महायोगी सिद्धबाबाले यस्तो महान योग-बिद्या त्यत्तिकै सबैलाई बाड्दै आउदा पनि हामीले आज अमृत र बिष छुत्याउन नसकेको अवस्था देखिन्छ | एदि सच्चा रुपमा परमात्माको ब्रह्मान्डिय शक्ति छ र त्यसलाई प्राप्त गर्न सकिन्छ भनेर सोच्ने व्यक्तिले,चाहे उनीहरु जुनसुकै धर्म र सम्प्रदायका होउन, महायोगी सिद्धबाबाको योग सिद्धिलाई चिन्नु जरुरि छ | यस समयमा यो सत्यलाई बुझी यो महा-बिद्याबाट आफू अलंकृत हुन सक्नु नै हामी सबैको हितमा हुने छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *