बेलायतमा ‘बुद्द जयन्ती’ मनाउन चार दर्जन संस्थाको प्रतिबद्धता, दूतावासमा छलफल,

लन्डन ।  बुद्ध फाउण्डेसन यूके, लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा गौतम बुद्धको शान्तिको सन्देश बुलन्द गर्ने उद्देश्यले आगामी मे सात तारिख बेलुकी सात बजे देखि दश बजे सम्म लन्डनको मुटु ट्राफलगर स्क्वायरमा ( WC2N 5DN, London ) दिप प्रज्वलन गरि बुद्धजयन्ती मनाउने तयारी हुँदैछ ।buddha

कार्यक्रमको मुख्य उदेश्य शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउन र बेलायतमा रहेका सम्पुर्ण संघसंस्था र त्यस्का प्रतिनिधि, बिदेशी संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागीताका लागि लन्डन स्थित नेपाली दूतावासमा उपनियोग प्रमुख सरद राज आरन र फाउन्डेसनका तर्फबाट दीपक श्रेष्ठ, सचिन श्रेष्ठ, गणेश खड्का, जीवन सेन र समीर गुरुङ बिच सकारात्मक छलफल भएको जनाइएको छ ।

कार्यक्रम सफल बनाउन लन्डन स्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड युके, एनआरएन युके लगायत करिब चार दर्जन बेलायतमा रहेका संघसंस्थाहरुले सहयोग र सहभागिताको लागि प्रतिबद्धता जनाइसकेको र  बिशेष गरी लण्डनका मेयर सादिक खान , बेलायती सांसदहरु तथा बुद्ध धर्म मान्ने बिभिन्न मुलुकका कुटनितिज्ञहरुलाई कार्यक्रममा सहभागी गराउने  लक्ष्य समेत रहेको कार्यक्रम संयोजक एभरेष्ट गौतमले जनाएका छन ।

गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देश विश्वमाझ पुर्‍याउने उद्देश्यले लन्डनको केन्द्र रोजिएको फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

दीप प्रज्वलन, पूजा, प्रवचन, पोस्टर डिस्प्ले लगायतका कार्यक्रम तय गरिएको छ । फाउण्डेसनले कार्यक्रम सफल बनाउन एभरेष्ट गौतम र ह्यारी गुरुङलाई संयोजक एवं समिर गुरुङलाई सहसंयोजक तोकेको छ । गतवर्ष पनि बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाइएको थियो ।

यसैबीच बुद्ध फाउण्डेसन युके, कपिलवस्तु समाज युके र एनआरएनको सहकार्यमा नेपालमा बुद्ध वृद्धाश्रम स्थापना गर्ने योजना सहित, आउँदो मे २१ तारीख आइतबार प्लमस्टिडमा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ ।