लन्डनमा ‘ए स्टार’ले मनायो आठौ वार्षिकोत्सव ( तस्विरमा हेर्नुहोस्)

शिब भण्डारी

लन्डन । बेलायतस्थित ए स्टार ले आफ्नो सेवा संचालन गरेको आठ बर्ष पुरा भएको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको छ । नेपाली व्यवसायीले सञ्चालन गरिरहेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफनो आठौ वार्षिकोत्सव मनाएको हो ।

सोमबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसीप रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा विभिन्न पेशाकर्मी, व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक तथा मिडियाको सहभागितामा ए स्टारलेआफ्नो वार्षिकोत्सव भव्यरुपमा मनायो ।  कार्यक्रममा ए स्टारको आठौ वार्षिकोत्सवको खुशीयालीमा केक समेत काटिएको थियो ।

ए स्टारका प्रिन्सिपल डाइरेक्टर मिन दर्लामी

ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मूलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले सहभागीहरुलाई स्वागत गर्दै क्रिसमस र नयां वर्षको शुभकामना दिए । उनले कम्पनी स्थापनादेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ,काउन्सिलर  बिष्णु गुरुङ, मगर संघ युकेका अध्यक्ष सुनिल राना,गोमा राना,तमु धि यूके पूर्व अध्यक्ष सुबाससिं गुरुङ, बुद्धिजिवी शिबजी श्रेष्ठ, सोलीसिटर राजु थापा, एनआरएन यूके पूर्व अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताले शुभकामना दिएका थिए।

एसएनपी प्लसका समिरनाथ प्याकुरेलले अक्सनमार्फत च्यारिटीका लागि सहयोग संकलन गरेका थिए। संयुक्त श्रेष्ठको कलाकृति तथा ओजेश श्रेष्ठले प्रदान गरेको भैरवको कलाकृति अक्सन गरिएको थियो। अक्सन मार्फत केटिएम कल्बका अजय ठकुरीले लिए।

कार्यक्रम मा लक्ष्मी राई लाराले आफुले स्थापना गरेको कल्याणकारी संस्था जुनकिरीबारे प्रस्तुति गरेकी थिइन् भने दर्लामी आफैले इलिङ्ग सुप किचेनका बारे जानकारी गराएका थिए। सोहि समारोहमा ए स्टारका साझेदारहरु ग्रीन भ्युकोर्ट तथा स्ट्राबेरी स्टार समूहले पनि प्रश्तुति गरेका थिए।

कार्यक्रममा बेलायतस्थित गायक प्रमोद शर्माले लोकप्रिय गीतहरु सुनाएका थिए भने रात्री भोजको पनि व्यवस्था गरिएको थियो।

ए स्टार फाइनान्सियल सोलुसन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित च्यारिटी र बेलायतका प्राय जसो कार्यक्रममा प्रायोजन गर्दै आएको छ। कम्पनीमा दर्लामीसहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना लगायत अनुभवी मोर्गेज एडभाइजर छन् । ए स्टारको मुख्य कार्यालय लन्डनको हयाङगर लेनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *