किन पुरिएनन् खाल्डा ?

सरोकारवाला निकायबीच समन्वय नहुँदा उपत्यकाका सडकको खाल्डा पुर्ने कामले गति लिन सकेको छैन ।

खाल्डा पुर्ने जिम्मा पाएका निकायले अन्य निकायसँग समन्वय नगरेकाले सोचेजस्तो उपलब्धि हुन नसकेको सरकारी उच्च अधिकारी बताउँछन् ।

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय नहुँदा कामले गति नलिएको बताउँछन् ।