एभरेष्ट नेपलिज कम्युनिटी ग्रेभ्जएण्डको तीज कार्यक्रम २० अगस्टमा हुँदै

लन्डन- एभरेष्ट नेपलिज कम्युनिटी ग्रेभ्जएण्डले आगामी अगस्ट २० तारिख आईतवार दिउसो ३ बजे भब्य तीज मनाउने तयारी गरिदै छ। कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन स्थानिय कलाकारले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।

IMG_2357

कार्यक्रम संयोजक रविन न्यौपानेले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा आफन्तजन साथीभाई सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै ग्रेभ्जएण्ड स्थित इलाइट बक्सिङ क्लब को सभाहलमा हुन लागेको सो तिज बिशेस कार्यक्रम मौलिक ढंगबाट रमाइलो गर्ने बातावरण मिलाउनुका साथै भब्य हुने बताएका छन् ।

IMG_2355

यसै बीच कार्यक्रम संयोजन गरिरहेका रबिन न्यौपाने ,बिपिन पौडेल र पंकज न्यौपानेले भन्छन् – दाजु भाईले दर पकाउने र दिदी बहिनी लाई दर खुवाउने यस पबित्र दिन मा सम्पूर्ण दाजु भाईलाई पनि चुलै निम्तो छ। कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन् ।

टिकेट को मूल्य £ १२.०० adult , £१० .०० child र under ५ फ्री कायम गरेको छ ।

कार्यक्रम स्थान:
Elite Boxing club
Roslyn suite
20th August 2017 3pm onwards