​आवश्यक परे सेना परिचालन हुन्छ : रक्षामन्त्री रावल

Bhim Rawalकाठमाडौं- उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आवश्यक परे मुलुक र जनताको सुरक्षाको लागि नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन हुने बताउनुभएको छ ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा रावलले मुलुकको भु–भाग र जनताको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक परे सबै सुरक्षा निकाय परिचालित गर्न सकिने बताउनुभएको हो । उपप्रधानमन्त्री रावलले अहिले सरकार संयमित भएर प्रस्तुत भएको भन्दै आवश्यकता अनुसार सरकारले निर्णय लिने बताउनुभयो ।

सरकारले भारतसँग कुटनीतिक र अनौपचारिक रुपमा संबाद जारी राखेको भन्दै सरकार भारतसँग सम्बन्ध सुधार्ने पक्षमा रहेको उहाँको भनाई थियो ।

मधेसी मोर्चालाई आन्दोलनको स्वरुप फेर्न आग्रह गर्दै उहाँले जनता, राष्ट्र र लोकतन्त्रलाई आधार मानेर बार्तामा बस्ने हो भने अन्तिम निष्कर्समा पुग्न धेरै समय नलाग्ने बताउनुभयो ।