१३ मन्त्रालय घट्ने, यी हुन् १८ मन्त्रालय

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच हाल कायम मन्त्रालयलाई घटाएर १८ वटा बनाउने सहमति भएको छ । सहमतिपछि १३ मन्त्रालय घट्ने भएका हुन् ।

हाल प्रस्तावित मन्त्रालयहरूमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण कृषि, सहकारी तथा भूमि व्यवस्थापन श्रम तथा रोजगार तथा महिला बालबालिका छन् ।

दुई दलले सुरक्षा, सामाजिक र विकास निर्माणसम्बन्धी मन्त्रालयको सूची बनाएर बाँडफाँट गर्ने भएका छन् ।