मोडलले बच्चासहित खेलौनालाई गराइन् स्तनपान, सोसल मिडियामा हंगामा

अमेरिकी मोडल एवं अभिनेत्री क्रिसी टिगनले स्तनपान गराइरहेको एउटा तस्बिर सोसल मिडियामा राखेपछि सोसल मिडियामा हंगामा सुरु भएको छ ।

इन्स्टाग्राममा पोष्ट गरिएको तस्बिरमा क्रिसीले आफ्नो बच्चा र उनको खेलौना (पुतली)लाई स्तनपान गराइरहेको देख्न सकिन्छ ।

दुई सन्तानकी आमा क्रिसीले तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘लूना चाहन्थिन् कि मैले उनको खेलौनालाई पनि दुध पिलाऊँ । अब मलाई लाग्छ कि मेरो जुम्ल्याहा सन्तान छन् ।’

एक दिनमा नै उनको यो पोष्टलाई इन्स्टाग्राममा तीन लाखले लाइक गरे र ट्वीटरमा १८ हजार लाइक आयो ।

यद्यपी, सबैले उनको तस्बिरलाई सकारात्मक तरिकाले लिएनन् । थुप्रैले उनको आलोचना पनि गरे ।

एक व्यक्तिले लेखे, ‘तपाईंले आफ्नो बच्चासँगको नीजि क्षणको तस्बिर इन्स्टाग्राममा पोष्ट गर्नु हुँदैनथ्यो ।’

एक ट्वीटमा क्रिसीले टिप्पणी गरिन् तब पछि उनले हटाइदिइन् । उनले लेखिन्, ‘मानिसहरुलाई मैले स्तनपान गराएकोमा यसकारण समस्या छ किनभने उनीहरुलाई अन्य व्यक्तिसँग समस्या छ । बच्चालाई स्तनपान गराउनु कुनै ठूलो मुद्दा बनाउनु हुँदैन ।’

एक ट्वीटर प्रयोगकर्ता Cat’o9Tails ले लेखेकी छिन्, ‘म बच्चाको जन्म, महिनावारी र स्तनपानबारे बुझ्छु । तर यो प्राकृतिक कुरा गरिरहेको तस्बिर म हेर्न चाहन्नँ ।’

यसमा मोडलले टिप्पणी गरिन्, ‘मलाई मानिसहरुको आतिशबाजी, मेलाको यात्रा र स्विमिङ पुलको तस्बिर हेर्न समस्या हुँदैन भने मानिसहरुले पनि अरुको सम्मान गर्नुपर्छ ।’

क्रिसीले गायक जोन लेजेन्डसँग विवाह गरेकी छिन् । उनको फेसबुक पोष्टमा थुप्रैले टिप्पणी गरेका छन् जसमध्ये कोहीले उनको तारिफ गरेका छन् भने कतिले उनले आफूलाई ढाक्नुपर्ने सल्लाह दिएका छन् ।

यस्तै, स्तनपानको विषयमा अभियान चलाउनेहरुले उनको प्रशंसा गरेका छन् र उनीहरुले #normalizebreastfeeding नामबाट ह्यासट्याग पनि चलाएका छन् ।
मोडलले स्तनपान गराइरहेको तस्बिर सोसल मिडियामा पोष्ट गरेको यो पहिलो घटना होइन । सन् २०१६ मा अभिनेत्री लिव टेलरले यस्थै एक तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।

अभिनेत्री ठेन्डी न्यूटनले लेटीट्युड फेस्टिबलको क्रममा स्तनपान गराइरहेको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, ‘यो सबैभन्दा ठूलो खुसी हो ।’

यसै वर्ष मार्चमा क्यानडाकी गायक अलानिस मोरिसेटले आफ्नो इन्स्टाग्राममा परिवारसँगको एउटा तस्बिर पोष्ट गरेका थिए जसमा उनी आफ्नो बच्चालाई स्तनपान गराइरहेकी थिइन् ।