सहसंयोजकका उम्मेदवार क्षेत्रीको समुदायलाई जोड्ने एजेन्डा

तक्दीर अधिकारी
सिड्नी । शनिबार हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनमा नर्दन साउथ वेल्र्स (एनएसडब्लु) बाट सहसंयोजक (डिपुटी कोअर्डिनेटर) पदमा चुन्न क्षेत्रीले उम्मेदवारी दिएका छन् । विभिन्न संघसंस्थामा आबद्ध रहेछ नेपाली समाज परिवर्तनको अभियानमा होमिएका क्षेत्री पाँच बुँदे एजेन्डासहित चुनावी मैदानमा छन् । उनका अधिकांश एजेन्डाले नेपाली समुदायलाई जोड्ने प्रयास गरेको छ ।

उनको पहिलो एजेन्डा हो, अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकामा नेपाली भाषा र सस्कृतिप्रति आभिरुची जगाउने खालका कार्यक्रमहरु गर्ने र यस्ता कार्यक्रम संचालन गरिरहेका सस्थाहरुसंग समन्वय गर्दै अधिकतम सहयोग गर्ने रहेको छ । दोस्रो पुस्ताका नेपाली युवाहरुमा युथ फोरममार्फत, विभिन्न खेलकुद, गीत संगीतलगायत उनीहरुमा भएको प्रतिभा पहिचान गर्ने खालका कार्यक्रमहरु गर्ने । यस्ता कार्यक्रम संचालन गरिरहेका सस्थाहरुसँग समन्वय गर्दै अधिकतम सहयोग गर्ने ।

अस्ट्रेलिया आउने नवआगन्तुक बिद्यार्थी भाइबहिनीहरुलाई परामर्श दिने खालका कार्यक्रमहरु जस्तैस् यहाँको जीवनशलीदेखि नियम, कानुन र स्वास्थ्य र सुरक्षा सम्बन्धि जागरूकता, संभावित गलत बाटोमा जानबाट रोक्नबारेमा सचेतना दिने खालका कार्यक्रम संचालन गर्ने । जसले गर्दा यहाँ हुने दुर्घटनामा रोक्नुको साथै उहाहरुको लागि सहि दिशा निर्देश हुन सक्दछ । अस्ट्रेलियामा रहेका दिदीबहिीनको मुद्दाहरुलाई नारी निकुञ्जमार्फत उहाहरुकै सहभागितामा समाधान गर्न सहयोग गर्ने।

अस्ट्रेलिया आउने हाम्रा अभिभावकलाई पनि यहाँको नियम कानुन, स्वास्थ्य र सुरक्षाबारे तथा इन्सुरेन्ससम्बन्धी जागरूकता गराउनुको साथै यसको महत्वलाई जोड दिने खालका कार्यक्रमहरु गर्ने एजेन्डा क्षेत्रीले अघि सारेका छन् ।

सन् २००७ मा त्रिभुवन विश्वविद्यालयबाट विजनेस स्टडीमा स्नाकोत्तर गरिसकेपछि थप अध्ययनका लागि सन् २००८ मा अस्टे«लिया आएका क्षेत्री सन् २०११ देखि गैरआवासीय नेपाली संघको अभियानमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहभागी रहदै आएको छन् । बिगत ४ वर्षदेखि रुपन्देही सोसियल नेटवर्क मा सक्रिय क्षेत्रीले नेपालमा विभिन्न सामाजिक सेवाका काममा सहभागिता जनाएका छन् ।

गतवर्ष स्थापन भएको सामाजिक सस्था साउथवेस्ट नेप्लिज कम्युनिटी मासमेत आबद्ध भएर काम गदै आएका छन् । आफुले भ्याएसम्म विभिन्न खाले चरिटी प्रोग्रम्मेमा सहभागी हुने र सक्दो सहयोग गर्दै आएका क्षेत्रीले भने, ‘सस्थामा रहेर अझ बढी जिम्मेवारीका साथ काम गर्ने इच्छा छ, डिपुटी कोअर्डिनेटर पदमा तपाईंहरुले अमूल्य मत दिएर विजयी बनाउनु हुनेछ भन्ने आशा राख्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *