सदस्यता बढाउने, शुल्क घटाउने अभियानमा राजभण्डारी

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा एनएसडब्लु राज्यबाट सदस्य पदमा सन्देश राजभण्डारीले उम्मेदवारी दिएका छन् । सदस्यता बढाउने, शुल्क घटाउने अभियान लिएर उनले उम्मेदवारी दर्ता गराएको बताए ।
एनआरएन अस्ट्रेलियाको सदस्यता शुल्क अहिले २५ डलर छ, त्यसलाई १० डलर कायम गराउने उनको पहिलो एजेन्डा हो । दर्तावाला सदस्यता संख्या

वृद्धि गर्ने, २ वर्षे भिसाबाहेक अन्य भिसामा रहेका सम्पूर्ण नेपालीलाई एनआरएनमा समेट्ने एजेन्डा उनले अगाडि सारेका छन् ।  दोश्रो पुस्ताका नेपालीसँग एनआरएनको सहकार्य र सहभागिता मुलक कार्यक्रम गर्ने, अस्ट्रेलियाभित्र रहेका नयाँ पुस्तासँग नेपालबाट फर्केका व्यक्तिसँग अनुभव साटासाट गर्ने, नेपाली भाषा, संस्कृतिबारे जानकारी दिने, विभिन्न सामाजिक स्वयंसेवी कार्यक्रम तथा ज्ञान आदानप्रदान कार्यक्रम एजेन्डा राजभण्डारीले अघि सारेका छन् ।

यस्तै एक एनसीसी एक लगानी एक रोजगारी कार्यक्रम पनि उनले अघि सारेका छन् । आफू पनि व्यवसायी भएकाले धेरैलाई रोजगारी दिन सक्ने उनले बताए । विद्यार्थीका लागि मात्रै हरेक ३–३ महिनामा अस्ट्रेलियामा रोजगारीका लागि आवश्यक सहयोगी सुचनामुलक कार्यक्रम गर्ने, विभिन्न रोजगार एजेन्सीमार्फत् रेजुमी कसरी लेख्ने, जागिर कसरी खोज्ने भन्नेबारेका परामर्श कार्यक्रम गरिने ।

तनहुँ समाज अस्ट्रेलियाका कार्यकारी सदस्य, तनहुँ उद्योग वाणिज्य संघ सदस्य, लियो क्लब तनहुँका अध्यक्ष तथा लाइवन क्लब काठमाडौं युनिटको उपाध्यक्ष रहेका राजभण्डारी आरबी हेयर एन्ड ब्युउटी लाउन्जको प्रबन्ध निर्देशक हुन् । उनी सफल व्यवसायी हुन् । उनको यो कम्पनीले १५ जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

अस्ट्रेलियामा कानुनी व्यवस्था, कर, लेखा, बाटोघाटा र सवारी साधनको नियम, समुन्द्रसम्बन्धी नियम, बिच सेफ्टी कार्यक्रम, ड्रग्स, अल्कोल, ग्याम्बेलिङ समस्याको समाधानका उपाय, डिप्रेसन, मेन्टल हेल्थसम्वन्धी चेतनामुलक कार्यक्रम गर्ने एजेन्डा बोकेर राजभण्डारी चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *