तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स (एनएसडब्लु) ले फेब्रुअरी २९ शनिवार अभिभावक वनभोज मेला आयोजना गरेको छ । उलंगनको स्टुर्ट पार्कमा आयोजना हुने वनभोज मेला नेपालबाट अस्ट्रेलियाको रमणीय ठाउँहरुको वस्तुस्थिति बुझ्न तथा आफ्नो परिवारको सुखदुखमा साथ दिन अस्ट्रेलिया आएका अभिभावकहरुमा समर्पित रहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङ र आयोजक समितिका संयोजक तथा एनएसडब्लु सचिव दिपक पहारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वनभोज मेला सिडनी तथा आसपासको क्षेत्रबाट लगभग छ सय अभिभावकलाई बसमा लगेर एकदिन पूरा मनोरजन दिने ब्यवस्था मिलाइएको छ ।
‘अभिभावकहरु अहिले तपाईसँगै सिड्नी सेरोफेरोमा हुनुहुन्छ अथवा तपाईको छरछिमेकमा आमा बुवा बस्नुहुन्छ भने यो वृहत् अभिभावक वनभोज मेलाको हिस्सा बन्न अनुरोध गर्दछौं’, उपाध्यक्ष गुरुङ र संयोजक पहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबारसम्ममा नाम दर्ता गराइसक्नुपर्ने छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण अभिभावकमा आफ्नो नियमित औषधि, सम्भव भए बस्ने म्याट र ब्यक्तिगत चाहने सामान आफै लिएर आउन अनुरोध गरिन्छ । कार्यक्रम स्थल समुन्द्रको तटमा रहेकोले चनाखो रहन अनुरोध छ ।’ कार्यक्रमस्थल अल्कोहल निषेधित रहेको जानकारी आयोजकले गराएका छन् ।
लगभग ४० हजार डालर खर्च अनुमान गरिएको यस कार्यक्रमलाई सबै खर्च प्रायोजकबाट नै सहयोग लिइने अपेक्षा गरिएको छ । वन भोज मेला मल्टी डायनेमिक रियल एस्टेट र ओली एन्ड एसोसिएट माइग्रेशन एजुकेशनले प्रायोजन गरेका छन् ।
कार्यक्रमका मुख्य आकर्षणहरू
– सास्कृतिक कार्यक्रम
– दोहोरी प्रतियोगिता
– साधारण स्वास्थ जाँच
– रेफल र गित प्रतियोगिता
– बिभिन्न मन्दिर भिजिट






