प्रदेशसभामा उम्मेदवार टुंग्याउन एमालेले डाक्यो स्थायी समिति बैठक

काठमाडौं- मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक आज बस्दै छ ।

दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रियसभा गठनको विवादका विषयमा छलफल हुने बताइएको छ ।