बेलायतका राजकुमार चार्ल्स भारत भ्रमणमा

लन्डन– बेलायतका राजकुमार चार्ल्स र श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत पुगेका छन् ।

दुईदिने भ्रमणका लागि उनीरू भारतको राजधानी नयाँदिल्ली आइपुग्नु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्ताका क्रममा उनीहरूका बीचमा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरू भारत आइपुग्नु भएको हो ।

बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।