काठमाडौं– बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा धेरै ब्याज दिन थालेपछि मुद्दती खातामा निक्षेप जम्मा गर्नेहरु बढ्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले बैंक तथा वित्तिय संस्थामा भएको ४६.२ प्रतिशत रकम मुद्दती निक्षेपमै रहेको बताएको छ । यो चालु आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांक हो । गत वर्षको यसै अवधिमा ४२.५ प्रतिशत यस्तो रकम थियो ।
यस्तै बचत खातामा ३५ प्रतिशत रकम छ भने चल्ती खातामा ८ प्रतिशत रकम छ । र, अन्यमा १०.९ प्रतिशत रकम छ । यद्यपि कुल निक्षेपमा संस्थागत निक्षेपको अंक ४३.८ प्रतिशत रहेको छ । असोजसम्ममा बैंक तथा वित्तिय संस्थामा २९ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ निक्षेप रहेको छ । चालु आवको तीन महिनामा निक्षेप ७५ अर्बले बढेको छ ।
बैंक तथा वित्तिय संस्थाले निक्षेप संकलन २.४ प्रतिशतले बढाउँदा कर्जा लगानी भने ७.२ प्रतिशतले बढाएका छन् ।
असोज मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाले घरजगगा धितोमा ६३.१ प््रातिशत कर्जा प्रवाह गरेका छन भने कृषि तथा गैर कृषिको धितोमा १४.४ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।






